birat ribon

लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्ति हमला : प्रचण्ड

Neuro
लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्ति हमला : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताए ।

शनिबार काठमाडौँमा गङ्गा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताए । उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि सङ्कटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताए ।

cura insider

माक्र्सवादलाई धर्मशास्त्रजस्तो बनाइएका कारण विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोरेको आफ्नो ठम्याइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफूहरुको जित नहुने बताए ।

पेरु, श्रीलङ्कालगायतका देशहरुको जस्तो युद्ध नहोस् भनी क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उनले गरे । जनयुद्ध शान्तिमा रुपान्तरण हुँदै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै उनले सोही उपलब्धिमाथि भएको प्रहारविरुद्ध एकजुट हुन सबैलाई आव्हान गरे ।

jackson ribon