birat ribon

विकल्प

Neuro
विकल्प
सनत सापकोटा

हत्या, हिंसा र आतङ्कको चपेटाबाट मुक्ति पाउनका लागि भगवानसँग पुकारा गर्नेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । शान्तिकै लागि विभिन्न यज्ञ–यज्ञादि भइरहेका छन् । आफूद्वारा सिर्जित यावत् समस्याहरू समाधान गर्न भगवानमा मान्छेको विकल्प खोज्ने क्रम बढ्दै गइरहेको छ ।

केही कवि, लेखक, कलाकारहरूले एउटा यस्तै कार्यक्रमको आयोजना गरे । सिर्जनाका माध्यमबाट शान्तिका लागि कामना गर्ने उद्देश्यबाट कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि भगवानसँग सामूहिक प्रार्थना गरिने पनि आयोजकले बताएका थिए ।

cura insider

निर्धारित मिति, स्थान र समयमा आमन्त्रितहरू जम्मा भए । उनीहरूले आ–आफ्ना रचनाहरूमा निकै रङ भरे । सिर्जनामा कसैले युद्धले आहात बनेकाहरूको सुस्केरा हाले । कसैले भगवानसँग शान्तिको भिक्षा मागे । सिर्जनामा कसैले सेता जोडी परेवासमेत उडाए । कार्यक्रमको उद्देश्यअनुरूप नै सबैले शान्तिका लागि भगवानसँग सामूहिक प्रार्थना गरे ।

जतिबेला कवि कलाकारहरू हत्या हिंसाबाट त्राण पाउन भगवानसँग प्रार्थना गरिरहेका थिए, त्यतिबेलै तल मन्दिरमा भगवान भने निर्दोष पशुपक्षीहरूको रगतमा नुहाएर अट्टहास गरिरहेका थिए । किनकि कार्यक्रम दक्षिणकालीस्थित कालीको मन्दिरपरिसरमा भइरहेको थियो ।

jackson ribon