birat ribon

जीवनगति

Neuro
जीवनगति
नवीन मनोहर

कैद छन्
शुभकामना
र समवेदनाहरू
मानिस
प्राकृतिक
तवरले
जन्मन नपाउने भयो
शुभकामनामा
कसैको जन्म हुन्छ
समवेदनामा
कसैको मृत्यु हुन्छ ।

उलिनकाठमा
बेहुलाबेहुली
अब बोकिँदैनन्
किनकि भ्यालेन्टाइन डेले
प्रेमीप्रेमिकाहरू
म्यारेज सफ्टवेयर हालेर
कम्प्युटरमा
बिहेअघि नै
भर्जिनिटी तोड्दैछन् ।

cura insider

बुथ लुटेर अझै
एउटा नेता
सांसद हुने सपना देख्दो हो
ईन्द्रचोकमा
सेक्सटोयको पसल खुलिसक्यो ।

फूल गमलामा
फुलाएर
देवतालाई चढाउनुभन्दा
प्लाष्टिकको फूल
छिटो र उचित भइसक्यो ।

jackson ribon