birat ribon

टिपरको ठक्करबाट मृत्यु, अरुण तेस्रो जलविद्युत परियोजनाको काम ठप्प

Neuro
टिपरको ठक्करबाट मृत्यु, अरुण तेस्रो जलविद्युत परियोजनाको काम ठप्प

विराटनगर / टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको काम ठप्प पारिएको छ ।

अरुण तेस्रो आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसियटको टिपरको ठक्करले खड्गबहादुर राईको शुक्रबार मृत्यु भएको थियो । दुर्घटनामा श्रीमती घाइते भएकी छन् । उनको मृत्युपछि परिवारका सदस्य र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । मृतकलाई क्षतिपूर्ति दिइनुपर्ने माग राख्दै जलविद्युत परियोजनाको काम ठप्प पारिएको हो ।

cura insider

परिवारका सदस्य र आफन्तले उत्तर–दक्षिण कोसी राजमार्ग शनिबार पनि अवरुद्ध पारेका छन् । शुक्रबारदेखि नै उनीहरु आन्दोलित बनेका थिए । भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि राईको घटनास्थलमै मृत्यु भएको हो । त्यसपछि शव बुझ्न आफन्त र छिमेकीले मानिरहेका छैनन् ।

मृतकका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मकालु गाउँपालिकास्थित नुमको फ्याक्सिन्दामा अरुण तेस्रोको बाँध र पावरहाउस जाने सुरुङ निर्माणाधीन अवस्थामा छ ।

मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्न माग गर्दै जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको संखुवासभा प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीलाई उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । प्रहरीले टिपर चालक काभ्रेको नमोबुद्ध –६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिसकेको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ कार्यालय सहयोगी हुन् । गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्र नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन आउँदै थिए ।

टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुनः टिपरले पेलेर राईको मृत्यु भएकोभन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीय आन्दोलित भएपछि डीएसपी मल्लसहित टोली शुक्रबार साँझ घटनास्थल पुगेको छ ।

jackson ribon