birat ribon

जनयुद्ध आजबाट २६ औँ वर्षमा, नेतृत्व छिन्नभिन्न, आफ्नै रवैयाले अविश्वासी बने नेता

Neuro
जनयुद्ध आजबाट २६ औँ वर्षमा, नेतृत्व छिन्नभिन्न, आफ्नै रवैयाले अविश्वासी बने नेता

विराटनगर / ठूलो नरसंहार एवं धनजनको क्षति हुने गरी नेपालमा जनयुद्ध सुरु भएको आज (शुक्रबार) बाट २६ वर्ष लागेको छ ।

नेपालमा तत्कालिन विद्रोही माओवादीका नाममा २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएको थियो । एकाएक बन्दुक बोकेर युद्धमा होमिएको माओवादी र त्यसलाई दबाउन सक्रिय बनेको राज्य पक्षका कारण लगभग १७ हजार नेपालीले ज्यान गुमाए । बन्दुक बोकेर जंगल पुगेको माओवादी र राज्य पक्षको चेपुवामा परेर जनता नराम्ररी पीडित बन्न पुगेका थिए ।

cura insider

तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा सुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ। बन्दुकको नालबाट सत्ता कब्जा गर्ने रणनीति बनाएको माओवादीले जनताको मुुक्तिका लागिभन्दै सुरु गरेको युद्ध २०६२।६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य, जनताको मुक्ति र जनवादी व्यवस्थाको स्थापना गर्ने लगायतका मुख्य उदेश्य बोकेर माओवादी युद्धमा होमिएको थियो । युद्ध सुरु भएको २६ वर्ष लाग्दा र मुलुकमा शान्ति स्थापना भएको १४ वर्ष पूरा हुँदा पनि जनताले मुक्तिको आभास भने गर्न पाएका छैनन् । जनता थप पीडित बनेर जानु परिरहेको अवस्था छ ।

माओवादीले त्यतिबेला रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा राज्यविरुद्ध सशस्त्र विद्रोहको सुरूआत गरेको थियो।जनयुद्ध सुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ (हाल बारपाक सुलिकोट गाउँपालिका ८) मा प्रहरीले चलाएको गोली लागेर स्कुले विद्यार्थी दिलबहादुर रम्तेलको मृत्यु भएको थियो । त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीले युद्धका नाममा अनाहाकमा ज्यान गुमाउनु पर्यो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह सुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ। तर े युद्धका समयमा माओवादीको नेतृत्व गर्ने नेताहरु अहिल आआफ्ना स्वार्थमा लागेर छिन्नभिन्न भइसकेका छन् । उनीहरु जनताको पक्षमाभन्दा पनि आफ्नो स्वार्थमा केन्द्रीत बने ।

जनयुद्ध हाँकेको माओवादी पार्टी नै अहिले छिन्नभिन्न भइसकेको छ। शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन्‌। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले दरार उत्पन्न भएको छ।

जनयुद्धको नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन्‌। मोहन वैद्य (किरण)ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द (विप्लव) ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्‌। विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।

जनयुद्धका नाममा मुलुकमा ठूलो नरसंहार मच्चिए पनि माओवादीका नेताबीच नै एकता हुन नसक्दा र उनीहरु अलगअलग भएर टुक्रिदा सर्वसाधारण चिन्तित बनेका छन् । शान्ति सम्झौतापछि युद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी २०७४ सालको संविधान सभा निर्वाचनमा मुलुककै पहिलो पार्टी बन्यो । तर मुलुककै ठूलो दल बन्दा पनि पहिलो संविधान सभा निर्वाचनबाट देशले संविधान पाउन सकेन ।

मुलुकमा केही हुन्छ होला भन्ने अपेक्षा राखेर जनताले समर्थन गर्दै ठूलो दल बनाइदिँदा पनि जनतपक्षीय काम गर्न नसकेको र संविधान जारी गर्न नसकेको भनेर माओवादीको कडा आलोचना भयो । फलस्वरुप २०७० सालमा दोस्रो पटक संविधान सभाको निर्वाचन गर्नुपर्ने अवस्था आयो । त्यसअघिका गतिविधीबाट सन्तुष्ट नभएका मतदाताले दोस्रो संविधान सभा निर्वाचनमा भने माओवादीलाई तेस्रो दल बनाइदिए ।

कांग्रेस पहिलो र एमाले दोस्रो बने । दोस्रो संविधान सभा निर्वाचनपछि भने मुलुकले संविधान पाएको थियो । बल्लबल्ल बनेको संविधान पनि संसद विघटन गरेर मास्ने प्रयास गरिएको भन्दै नेताहरुको आलोचना भइरहेको छ । यही प्रशंगको पेरिफेरिमा रहेर राजनैतिक विश्लेषकहरु माओवादी र उसका नेताको नेतृत्वमा मुलुकमा समृद्धि र विकास सम्भव नहुने तर्क राख्छन् । जनताका लागि भनेर लामो समय युद्ध गर्दै कैयाँैं सर्वसाधारणको ज्यानै जाने घटना गराएको दलबाटै अपेक्षाकृत नतिजा प्राप्त हुन नसक्नु दुःख भएको र माओवादीको नाम दिएर नेताहरुले आफ्नो स्वार्थका लागि जनता भिडाउँदै राजनीति गरेको पुष्टि हुने उनीहरुको तर्क छ ।

माओवादीका तत्कालीन नेताहरु जनयुद्ध र जनआन्दोलनको मर्म एवं भावना विपरीत गएको तर्क कतिपयको छ । माओवादी युद्धको नेतृत्व गरेका प्रचण्डको पछिल्ला गतिविधी निक्कै विवादित बन्ने गरेका छन् । सशस्त्र विद्रोहमार्फत शान्तिपूर्ण राजनीतिमा फर्किएका उनी मुलुकको प्रधानमन्त्री पनि भए ।

लामो समय प्रधानमन्त्रीमा टिक्न नसक्दा उनले फेरि जनतालाई सडकमा निकालेर छ दिने असफल आमहड्ताल आह्वान गरे । त्यो हड्ताल सफल हुननसकेपछि उनी जनतासँग निक्कै आक्रोसित बने । पहिले चप्पल लगाउन नपाउनेहरु अहिले जुत्ता लगाउन पाएपछि ठूलो भएकोभन्दै उनले असफल हड्तालपछि आयोजित सभालाई सम्बोधन गर्दा प्रचण्डको निक्कै ठूलो आलोचना भयो ।

प्रधानमन्त्री हुँदा र आफू शक्तिमा पुग्दा सारा जनतालाई भुलेर आफ्ना नजिकका आफन्त, परिवारका सदस्य र इष्टमित्रलाई मात्रै काखी च्याप्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । छोरा स्वः प्रकाश दाहालले जेठी पत्नी हुँदाहुँदै अर्की श्रीमतीका रुपमा भित्राएका राजनैतिक पृष्ठभूमि नै नभएकी बिना मगरलाई मन्त्री बनाएपछि प्रचण्डको ठूलो आलोचना हुँदै आएको छ । राजनैनिक गोलचक्करमा उनी बिनाजस्तै परिवारका अरु सदस्य र आफन्तलाई ठाउँमा पुर्याउने भूमिका रहने नेताका रुपमा चिनिन थाले । उनको विगतले पनि यसकै पुष्टि गर्छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा आफ्नी छोरीलाई मेयरमा निर्वाचित गर्न मतपत्र च्यात्न लगाएको आरोप पनि उनले खेप्नु परिरहेको छ । तर प्रचण्डले जनताको मुक्तिको नाम दिएर गरेको सशस्त्र युद्धमा होमिएर मारिएकाहरुका परिवार भने अहिले पनि बिचल्लीमा छन् । युद्धका समयमा माओवादी र राज्य पक्षबाट सबैभन्दा बढी सर्वसाधारण प्रताडित बन्नु पर्यो ।

युद्धका नाममा परिवारका सदस्य र आफन्त गुमाएहरुले अझै पनि न्याय पाउन सकेका छैनन् । कतिपयले न्याय पाउने आश मारिसकेका छन् । उनीहरु वषाँैँदेखि आँशुको धारामा डुबेका छन् । कयौं व्यक्तिहरु युद्धका नाममा वेपत्ता बनाइए । अझै पनि राज्य एवं विद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरुको अत्तोपत्तो छैन । कैयौं सर्वसाधारण युद्धको चिनोका रुपमा शरीरमा गोली र बमका छर्रा बोकेर उपचारविहीन अवस्थामा भौतारिएर बसेका छन् ।

गोली र बमका छर्राले शरीरमा पीडा बोध हुँदा उनीहरु जनताको मुक्तिका लागि भनेर प्रचण्डको नेतृत्वमा भएको युद्ध सम्झन्छन् । तर पनि उनीहरुले अहिलेसम्मको राजनैतिक गतिविधीबाट कुनै राहत पाउने अपेक्षा गर्न सकेनन् । उल्टै प्रचण्डले प्रलोभनमा पारेर जनयुद्धमा लगाएको रुपमा लिन थालेका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएर मुलुककै नेतृत्व गर्ने तहमा पुग्दा पनि मारिएका, घाइते बनाइएका र वेपत्ता पारिएकाका परिवारले न्यायको अनुभूति गर्न पाएनन् । न त उनीहरुले युद्धमा दिएको योगदानको कुनै कदर नै भयो । बरु उनका नजिककाहरुले ठूलो फाइदा उठाउन सके । युद्धका समयमा पीडित बनेकाहरु थप पीडावोध गरेर बस्न बाध्य छन् । जुन उदेश्य राखेर युद्ध गरिएको हो त्यो उदेश्यबाट नेतृत्व विमुख हुँदा यस्तो अवस्था आएको बताइन्छ ।

प्रचण्डले विभिन्न नाम दिएर मुलुकमा जनता उतार्दै पटकपटक आन्दोलन गरिरहेका छन् । लामो समय युद्ध गरेर राजनीतिमा फर्किएको माओवादीलाई जनताले विश्वास गर्न छाडे । यसअघि एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बन्नुलाई जनताले माओवादीलाई विश्वास नगरेको रुपमा लिइन्छ ।

दुई पार्टी एक भएर बनेको नेकपाले मुलुकमा दुई तिहार मत प्राप्त गरेर देशको नेतृत्व गर्ने अवसर पायो । तर पनि जनताले खोजेको मुक्तिको कुरा अहिले पनि गफमा मात्रै सीमित बनेको छ । बरु नेताहरुकै स्वास्र्थ र एकअर्काबीचको खिचातानीका कारण दुई दलबीचको एकता लामो समयसम्म टिक्न सकेन ।

नेकपाकै ओली समूह अहिले सरकारको नेतृत्व गरिरहेको छ । दाहालले नेतृत्व गरेको समूह सरकारले चालेको असंवैधानिक कदमविरुद्ध सडकमा छ । ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेपछि दाहाल र माधवकुमार नेपाल समूह आन्दोलनमा होमिँदा पनि नेतृत्वले यसअघि देखाको रवैयाका कारण जनताले विश्वास गर्ने आधार तय हुन नसकेको विश्लेषकहरुको तर्क छ ।

विश्लेषकहरु आफूलाई सहज पर्दा जनतालाई बिर्सने, सबै ठाउँमा नातावाद हावी गराउने र असहज पर्दा सडकमा निस्कन आह्वान गर्दै जनता गुहार्ने प्रचण्डको परिपाटीबाट सबै दिक्क भइसकेको तर्क राख्छन् । किन कि यसअघि जनताले युद्ध गर्नदेखि लिएर विभिन्न चरणमा भएका आन्दोलनमा प्रचण्डलाई साथ दिएका थिए । तर साथमा कुठाराघात हुँदा युद्धको नेतृत्व गर्ने नेताहरु जनताबाट अविश्वासी बन्दै गए । पटकपटक जनताको साथ पाएर नेता बन्ने अवसर पाएका प्रचण्डको नेतृत्वमा भइरहेको पछिल्लो सडक आन्दोलनले पनि मुलुकलाई कुन दिशामा लैजाने हो र उनले भने अनुसार जनताले कत्तिको न्याय पाउने हुन् भन्ने कुरा नै विवादस्पद विगतका कारण शंकाको घेरामा छ ।

प्रचण्ड र अहिलेको सरकारको नेतृत्व गरिरहेका ओलीले जनभावना अनुरुप काम गर्न नसक्दा चौतर्फी निराशा मात्रै छाएको छ । संसद विघटन गरेर जनतामाथि ठूलो कुठाराघात गरेको र ठूलो मेहनत गरेर बनाइएको संविधान सक्ने खेलमा लागेको आरोप ओलीमाथि छ । त्यही संसद पुर्नस्थापनका लागि प्रचण्ड र नेपाल पक्ष अहिले आन्दोलनमा छ । जनतामा अहिलेसम्म विश्वासको आधार तयार पार्न नसकेकोभन्दै प्रचण्डको आलोचना भइरहेका बेला पछिल्लो आन्दोलनले कस्तो रुप लिने हो भन्ने हेर्न बाँकी रहेको विश्लेषकहरुको तर्क छ ।

jackson ribon