birat ribon

विश्वमा चार लाख सङ्क्रमित थपिए, ११ हजारभन्दा बढीको मृत्यु

Neuro
विश्वमा चार लाख सङ्क्रमित थपिए, ११ हजारभन्दा बढीको मृत्यु

विराटनगर / विश्वमा एकै दिन चार लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाभित्र ११ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

एकै दिन चार लाख तीन हजार सात सय ४४ नयाँ बिरामी थपिएपछि हालसम्म सङ्क्रमित सङ्ख्या १० करोड ८६ लाख ९२ हजार सात सय ६४ पुगेको छ । ११ हजार आठ सय आठ जनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएपछि हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या २३ लाख ९२ हजार ६५ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये आठ करोड आठ लाख ४२ हजार छ सय ५५ जना उपचारपछि घर फर्किएका छन् । दुई करोड ५४ लाख ५८ हजार ४४ जनाको उपचार जारी छ । उपचाररतमध्ये ९९ हजार आठ सय पाँच जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ९१ हजार ८३ जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ९६ हजार तीन सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार छ सय पाँच जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या चार लाख ९२ हजार दुई सय १८ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८० लाख १८ हजार सात सय ९२ जना उपचारपछि निको भएका छन् । ९५ लाख ८५ हजार तीन सय २७ जना उपचाररत रहेकोमा २० हजार तीन सय चार जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन १२ हजार एक सय ३७ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ९२ हजार पाँच सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय चार जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्ख्या एक लाख ५५ हजार पाँच सय ८८ पुगको छ ।

एक करोड पाँच लाख ९८ हजार सात सय नौ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । एक लाख ३८ हजार दुई सय ५३ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । छिमेकी मुलुक भारत कोरोनाका कारण प्रभावितमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ४९ हजार तीन सय ९६ नयाँ बिरामी थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ९७ लाख ६५ हजार छ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय चार जनाको ज्यान गएसँगै हालसम्म ब्राजिलमा दुई लाख ३७ हजार छ सय एक जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये ८६ लाख ७८ हजार तीन सय २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आठ लाख ४९ हजार सात सय ६६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon