birat ribon

आज थपिए एक सय २७ सङ्क्रमित

Neuro
आज थपिए एक सय २७ सङ्क्रमित

विराटनगर / देशभर शुक्रबार थप एक सय २७ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ ।

cura insider

यस्तै आज एक सय ३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार सात सय ९६ पुगेको छ ।

हाल एक हजार सात सय सात जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५४ पुगेको छ ।

jackson ribon