birat ribon

घृणित् स्वार्थका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे : डा केसी

Neuro
घृणित् स्वार्थका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे : डा केसी

काठमाडौँ / डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भएपनि सरकारले खोसेको बताएका छन् । शुक्रबार प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक खबरदारीमा बोल्दै डा केसीले यस्तो बताएका हुन् ।

डा. केसीले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताए । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरू एकठाउँमा आउनुपर्ने बताए ।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो । विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले संसद् विघटनको कदमको विरोध गरेका थिए ।

jackson ribon