birat ribon

मोरङ र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

Neuro
मोरङ र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर / मोरङ र सुनसरीमा शुक्रबार बिहान र बिहीबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा बिहीबार राति भएको ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादव रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति १०ः३० बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।

cura insider

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्याक्टरले चालक यादवलाई किचेर गम्भीर घाइते बनाएको थियो । प्रहरीले तीव्र गतिका कारण ट्याक्टर दुर्घटनामा परेको जनाएको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित कोसी राजमार्गमा शुक्रबार बिहान भएको ट्रक दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा तत्काल ठेगाना खुल्न बाँकी रहेका ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै ज्यान गएको हो । ट्रकले च्यापेर मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका अनुसार दक्षिणतर्फ आइरहेको ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भएर बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । ट्रक सडकबाट ५० मिटर तल खसेको थियो । ट्रकका चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय सुनिलकुमार भगतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

jackson ribon