birat ribon

आठ करोड सङ्क्रमित निको भए

Neuro
आठ करोड सङ्क्रमित निको भए

विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म आठ करोडभन्दा बढी सङ्क्रमितको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । हालसम्म १० करोड ८२ लाख ५७ हजार दुई सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये उपचारपछि आठ करोड चार लाख ३६ हजार आठ सय ९५ जना निको भएका हुन् । निको भएकाहरु सामान्य जीवनमा फर्किसकेका छन् ।

cura insider

सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ४३ हजार सात सय ४८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये एक लाख आठ सय २२ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा चार लाख १५ हजार पाँच सय आठ जना नयाँ बिरामी थपिएका छन् ।

विश्वमा एकै दिन १२ हजार तीन सय ६४ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २३ लाख ७६ हजार पाँच सय ६१ पुगेको छ ।

अमेरिकामा एकै दिन ९३ हजार दुई सय ६७ जना नयाँ बिरामी थपिएपछि हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ७९ लाख ९० हजार आठ सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ७९ लाख १६ हजार नौ सय छ जना उपचारपछि निको भएका छन् ।

९५ लाख ८७ हजार चार सय ३६ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये २० हजार आठ सय ८० जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा दुई हजार छ सय ५९ जना सङ्क्रमितले ज्यान गुमाए । अमेरिकामा हालसम्म चार लाख ८६ हजार पाँच सय १३ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाबाट प्रभावित बनेकामध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा एकै दिन नौ हजार तीन सय ५३ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ८० हजार चार सय १३ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड पाँच लाख ८७ हजार तीन सय ५१ जना उपचारपछि निको भएका छन् ।

एक लाख ३८ हजार पाँच सय ७८ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या एक लाख ५५ चार सय ८४ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोना प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ५३ हजार नौ सय ९३ नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ९७ लाख १६ हजार दुई सय ९८ पुगेको छ । सङ्क्रमितमध्ये ८६ लाख ४३ हजार छ सय ९३ जना उपचारपछि निको भएका छन् ।

आठ लाख ३६ हजार दुई सय आठ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार चार सय ५२ सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख ३६ हजार तीन सय ९७ पुगेको छ ।

jackson ribon