birat ribon

नेकपा नेत्री झाँक्री रिहा

Neuro
नेकपा नेत्री झाँक्री रिहा

काठमाडौँ / चौतर्फी दबाबपछि प्रहरीले नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । नेत्री झाँक्रीलाई राज्यविरुद्ध अपराधको पुर्जी दिएर प्रहरीले बिहान उनकै निवासबाट पक्राउ गरेको थियो ।

उनको पक्राउलगत्तै त्यसको व्यापक विरोध भएको थियो । नेकपा प्रचण्ड–नेपाल पक्षले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको थियो । त्यसैगरी, झाँक्रीको गिरफ्तारीका विरुद्ध युवाहरूले राजधानीका सडकमा नारा–जुलुुस गरेका थिए । झाँक्रीको तत्काल रिहाइको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रेका थिए ।

cura insider

झाँक्रीको गिरफ्तारीलाई लिएर नेपाली काङ्ग्रेसका नेताहरूले समेत सरकारको चर्को आलोचना गरेका थिए । विराटनगर आएका काङ्ग्रेस युवा नेता गगन थापाले हिम्मत भए आफूहरूलाई समेत गिरफ््तार गरेर देखाउन र झ्यालखानाको सङ्ख्या बढाउन सरकारलाई चुनौती दिएका थिए ।
उनको गिरफ्तारीको विरुद्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सरकारको विरोध भएको थियो । सरकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेका भन्दै झाँक्रीको तत्कार रिहाइको माग गरिएको थियो ।

रिहा भएपछि नेत्री झाँक्रीले यो रिहाइ जनताको जित भएको बताएकी छन् । ‘यो निरङ्कुश सरकार जनताका अगाडि घुँडा टेक्दै छ भन्ने कुराको सङ्केत हो,’ उनले भनिन् । उनले आफूलाई राजनीतिक दबाबमा पक्राउ गरिएको बताएकी छन् ।

आफू बिनासर्त रिहा भएको जनाउँदै रिहाइका लागि दबाब दिने सम्पूर्ण पार्टीपङ्क्ति, सञ्चारकर्मी र सर्वसाधारणप्रति उनले धन्यवाद व्यक्त गरेकी छन् ।

jackson ribon