birat ribon

प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था असफलताको अभिव्यक्ति हो : वैद्य

Neuro
प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था असफलताको अभिव्यक्ति हो : वैद्य

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्था असफलताको अभिव्यक्ति भएको बताएका छन् । उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरू उद्यत देखिएको बताए ।

बिहीबार चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले सरकारले समाजवाद र समृद्धिको कुरा गरे पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको आरोप छ ।

cura insider

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले जानकारी दिए ।

मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न निरन्तर सङ्घर्ष गर्ने पनि उनले बताए । मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार, माघ ३० गते काठमाडौँमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा गर्ने भनिएको जनाएको छ ।

jackson ribon