birat ribon

विराटनगरमाथि आर्मीको फराकिलो जित

Neuro
विराटनगरमाथि आर्मीको फराकिलो जित

काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ ।

बिहीबार भएको दोस्रो खेलमा आर्मीले विराटनगरमाथि ७–० गोलान्तरको फराकिलो जित दर्ता गराएको हो ।

cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीका लागि शर्मिला थापा र विमला बिकले २-२ गोल गरिन् भने सपना लामा, विमला चौधरी र रश्मी घिसिङले समान एक-एक गोल गरिन् ।

यससँगै दोस्रो स्थानको आर्मीले २२ अङ्क जोडेको छ । विराटनगर भने दस अङ्कका साथ पाँचौं स्थानमा छ ।

jackson ribon