birat ribon

गगनले थापाले भने, ‘हिम्मत छ भने हामीलाई राजद्रोहको मुद्दा लगाऊ’

Neuro
गगनले थापाले भने, ‘हिम्मत छ भने हामीलाई राजद्रोहको मुद्दा लगाऊ’

विराटनगर / नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाले आफूलाई राजद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् । राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी राजद्रोहको मुद्दा दर्ताको तयारी गरेको छ । नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रपतिका बारेमा आफूले पनि बोलेकाले राजद्रोहको मुद्दा लगाउन चुनौती दिएका हुन् ।

‘तपाईंको आदेशले हाम्रो मुख बन्द हुँदैन्, आज रामकुमारी झाँक्रीले राष्ट्रपतिविरुद्ध बोलेको भन्दै राजद्रोहको मुद्दा लगाइँदै छ, झाक्रीले राष्ट्रपति भण्डारीका बारेमा व्यक्तिगत कुरा गरिन् भनिएको छ,’ उनले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (राष्ट्रपति भण्डारी)ले संस्थाको गरिमा राख्न सक्नुभएन, संसद् पुनःस्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’

cura insider

‘चपलीमा उहाँको घर छ, घर फिर्ता पठाउने हो,’ उनले अघि भने, ‘मैले पनि बोलेको छु,’ हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, तिम्रो झ्यालखानाको सङ्ख्या अझै बढाऊ ।’

काङ्ग्रेस सडकमै भएको बताउँदै उनले सरकारको आदेशमा मुख नछेकिने बताए । ‘महाराजको आदेशले छेकिएन श्रीमान्, तपाईंको आदेशले पनि छेकिन्न,’ उनले भने, ‘काङ्ग्रेसले जनताको बीचमा आएर जनताको बोल्न पाउने हकका लागि लड्ने हो ।’

jackson ribon