birat ribon

आदिवासी जनजातिलाई आफ्नो पक्षमा ल्याउनुपर्ने : देउवा

Neuro
आदिवासी जनजातिलाई आफ्नो पक्षमा ल्याउनुपर्ने : देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति सङ्घले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली काङ्ग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

cura insider

उनले नेपाली काङ्ग्रेसले आदिवासी, जनजाति, महिला, दलितलगायत सबैलाई आरक्षणको व्यवस्था गरेकाले काङ्ग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए । काङ्ग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशनसमेत दिए ।

सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधीन भएकाले यसबारेमा नेपाली काङ्ग्रेसले बोल्न नमिल्ने बताए । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उनले आगामी दिनमा आउनसक्ने संसद् पुनस्र्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधिसभाको पुर्नप्राप्ति नै भएको भन्दै चुनाव वा पुनस्र्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताए । प्रतिनिधिसभाको पुनस्र्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताए । कम्युनिस्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उनको भनाइ छ ।

सहमहामन्त्रि महतले नेपाली काङ्ग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनुपर्ने बताए । नेपाली काङ्ग्रेसले गरेको काम जनतामाझ पुर्‍याउन नसकेको उनको भनाइ छ ।

jackson ribon