birat ribon

सप्तकोसीमा डुबेका घिमिरेको जीवितै उद्धार

Neuro
सप्तकोसीमा डुबेका घिमिरेको जीवितै उद्धार

सुनसरी / जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरनजिक सप्तकोशी नदीमा बगेका एकजनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोही नगरपालिका–५ बस्ने ६० वर्षीय भुवन घिमिरेको २८ गते सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जीवितै उद्धार गरेका हुन् ।

हरिनगर गाउँपालिका–६ मा माघ २९ र ३० गते सशस्त्र प्रहरीको तर्फबाट सञ्चालन हुने स्वास्थ्य शिविरमा खटिएका श्रेष्ठले उनको उद्धार गरेका हुन् ।

cura insider

सो स्वास्थ्य शिविर सञ्चालनका लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले घिमिरेलाई नदीमा पौडिन नसकी डुबिरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिँदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।

jackson ribon