birat ribon

सुन्दरताका लागि अण्डाको सेतो भाग, विभिन्न तरिकाबाट यसको प्याक बनाउन सकिने

Neuro
सुन्दरताका लागि अण्डाको सेतो भाग, विभिन्न तरिकाबाट यसको प्याक बनाउन सकिने

विराटनगर / अण्डालाई एक स्वस्थ्य खानाको रूपमा लिइन्छ । यो समग्र शरीरका लागि मात्र नभएर सुन्दरताका लागि पनि राम्रो हुन्छ ।

अण्डा प्राकृतिक रूपमा पोषकतत्वहरूले भरिएको हुन्छ र यसको सेवनले ठूलो सङ्ख्यामा स्वास्थ्यलाभ प्रदान गर्छ । विशेषगरी अण्डाको सेतो भाग सौन्दर्य बढाउनका लागि अत्यधिक लाभदायक हुन्छ । अण्डाको सेतो भागमा खनिज, भिटामिन र प्रोटिनहरूको भरिपूर्ण हुन्छ जसले छालामा चमत्कार गर्नसक्छ ।

cura insider

अण्डाको सेतो भागलाई धेरै दशकदेखि एक सुन्दर छाला प्राप्त गर्न, तथा कपाल चमकदार र आकर्षक बनाउनका लागि प्रयोग गरिन्छ । अण्डाको सेतो भागलाई एन्टी–एजिङको लागि सबैभन्दा उत्तम मानिन्छ । एक चम्चा अण्डाको सेतो भागलाई फिटेर अनुहारमा लगाउन सकिन्छ । यसले छाला कडा बनाउन र बुढ्यौलीका रेखा हटाउन मद्दत गर्छ ।

घरमा सजिलै बनाउन सकिने अर्को प्याकमा एक चम्चा अण्डाको सेतो भाग र आधा चम्चा महको मिश्रण गर्न सकिन्छ । यसले छालालाई टाइट बनाएर पोषण प्रदान गर्छ । उक्त प्याकलाई पन्ध्र दिनमा एक पटक प्रयोग गर्दा चाउरीपन हटाउन मद्दत गर्छ । त्यस्तै, अण्डाको सेतो भागले पोर्स सफा गरेर सफा छाला दिन सहयोग पुर्‍याउँछ ।

अण्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा कोर्नस्टार्च राखेर मिक्स गर्नुहोस् । यो विशेषगरी ब्ल्याक हेड्सका लागि प्रयोग गर्न सकिन्छ । चिनीले छालाको रौँ छिद्रमा भित्रसम्म पुगेर सफा गर्छ, कोर्नस्टार्चले सबै फोहोर र ब्ल्याक हेडलाई अवशोषित गर्छ । त्यस्तै अण्डाको सेतो भागले छिद्रलाई कडा बनाउँछ, जसकारण उक्त ठाउँमा कुनै फोहोर जम्मा हुन सक्दैन ।

अण्डाको सेतो भाग तैलीय छाला भएकालाई पनि उपयुक्त हुन्छ । तैलीय छाला भएकाले अण्डाको सेतो भागलाई आधा चम्चा कागतीको रस र एक चम्चा मह राखेर मिक्स गरेर फेस प्याक बनाउन सक्छन् । उक्त प्याकले अनुहारमा भएको अत्यधिक तेललाई हटाएर छालाको टोनलाई गोरो बनाउन मद्दत गर्छ ।

jackson ribon