birat ribon

काठमाडौँमा वाटर एटिएम सञ्चालन

Neuro
काठमाडौँमा वाटर एटिएम सञ्चालन

काठमाडौँ / नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबारदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा आएको छ ।

बिहीबार एक कार्यक्रमबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

cura insider

वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति दुई सय मिलिमिटरका लागि एक रुपैयाँ तिर्नुपर्नेछ । प्रतिलिटर पानीको पाँच रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई तीन महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र तीन महिनापछि बोर्डलाई हस्तान्तरण गरिने छ ।

यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ ।

काठमाडौँ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले तीन हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए ।

काठमाडौँमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले सर्वसाधारणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउनसक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक हप्तामा कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धुम्बराहीमा सञ्चालन गर्ने तयारी गरिएको छ । काठमाडौँ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालनमा ल्याइने वाटर एटिएमको लागत दुई करोड रुपैयाँ रहेको छ ।

jackson ribon