birat ribon

वैशाखमा चुनाव भएमा म विराटनगर आउँदिनँ : गगन थापा

Neuro
वैशाखमा चुनाव भएमा म विराटनगर आउँदिनँ : गगन थापा

विराटनगर / नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव भएमा आफू दोहोर्‍याएर विराटनगर नआउने बताएका छन् ।

बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले निर्धारित समयमा निर्वाचन भएको खण्डमा आफू दोहोर्‍याए विराटनगर नआउने बताएका हुन् ।

cura insider

वैशाखमा तय गरिएको चुनाव कुनैपनि हालतमा नहुने बताउँदै थापाले भने, ‘वैशाखमा चुनाव हुन्छ भन्ने तपाईँहरूले ठान्नु भएको होला । तर कुनै पनि हालतमा वैशाखमा चुनाव हुँदैन । यदि वैशाखमा चुनाव भएमा म दोहोर्‍याएर विराटनगर आउँदिनँ ।’

jackson ribon