birat ribon

फ्याट्टी लिभरको समस्यालाई वेवास्ता गरे सिरोसिस हुनसक्छ

Neuro
फ्याट्टी लिभरको समस्यालाई वेवास्ता गरे सिरोसिस हुनसक्छ

विराटनगर / कलेजो (लिभर)मा फ्याट जम्मा हुँदा यसलाई फ्याट्टी लिभर भनिन्छ ।

कलेजोमा थोरै मात्रामा फ्याट हुनु सामान्य हो, तर धेरैले स्वास्थ्यमा समस्या हुनसक्छ । कलेजो शरीरको दोस्रो ठूलो अङ्ग हो । यसले खाना र पेय पदार्थहरूको पोषण प्रक्रियामा मद्दत गर्छ र रगतबाट हानिकारक पदार्थहरू फिल्टर गर्छ ।

cura insider

कलेजोमा धेरै बोसोले कलेजो सुन्निने समस्या निम्त्याउन सक्छ, जसले कलेजोलाई बिगार्न र यसमा दाग पैदा गर्छ ।

गम्भीर अवस्थामा, उक्त दागले कलेजो विफलता (लिभर फेलियर) हुन सक्छ । फ्याट्टी लिभरको समस्या धेरै मदिरा सेवन गर्दा (अल्कोहोलिक फ्याट्टी लिभर) र मदिरा सेवन नगर्नेमा (नन अल्कोहोलिक फ्याट्टी लिभर) देखिने गर्छ । अत्यधिक मोटोपन, अचानक तौल घटेमा, मधुमेह, रगतमा अत्यधिक बोसो भएमा, कुनै सङ्क्रमण, केही औषधिको सेवन, गर्भावस्था, पारिवारिक इतिहासका कारण नन अल्कोहोलिक फ्याटी लिभरको समस्या हुनसक्छ ।

धेरैजसो व्यक्तिमा फ्याट्टी लिभरको कुनै लक्षण नदेखाउन पनि सक्छ । तर, केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा पीडा महसुस हुन सक्छ । फ्याट्टी लिभर बिरामी भएका केही व्यक्तिमा कलेजोमा दागलगायत जटिलता देखिन सक्छन् । कलेजोमा हुने दागलाई लिभर फाइब्रोसिस भनेर चिनिन्छ ।

फाइब्रोसिस हँुदा पनि लापरबाही गरे वा रोग गम्भीर हुँदै जाँदा लिभर सिरोसिस हुनेगर्छ । भोक कम लाग्नु, तौल घट्नु, कमजोरी, थकान, नाकबाट रगत बग्ने, छालाको चिलाउने, छाला र आँखा पहेँलो हुने, छालाबाट रक्तबाहिका देखिन थाल्ने, पेट दुख्ने, पेट सुन्निने, खुट्टा सुन्निने, पुरुषहरूमा स्तन वृद्धि आदि सिरोसिस हँुदा देखिने लक्षण हुन् ।

jackson ribon