birat ribon

टाउको दुखाइको कारण उच्च रक्तचाप पनि हुन सक्ने

Neuro
टाउको दुखाइको कारण उच्च रक्तचाप पनि हुन सक्ने

विराटनगर / उच्च रक्तचाप वा हाइपरटेन्सन एक स्वास्थ्य समस्या हो जुन गम्भीर जटिलतासँग जोडिएको हुन्छ । त्यसैले यसलाई समयमा नियन्त्रण गर्न तत्काल ध्यान दिन आवश्यक हुन्छ ।

धेरै परिवर्तनशील र परिवर्तन गर्न नमिल्ने कारकहरूले उच्च रक्तचापमा योगदान पुर्‍याउन सक्छन् । रक्तचापलाई नियन्त्रित गर्न नसेकको अवस्थामा यसले हृदय रोगको जोखिम बढाउँछ । उच्च रक्तचाप गम्भीर स्वास्थ्य समस्या हो जसले हार्ट अट्याक तथा पक्षाघात निम्त्याउन सक्छ । र, उच्च रक्तचाप मधुमेहपछि मृगौला फेल गराउन सक्ने दोस्रो प्रमुख कारण हो ।

cura insider

उच्च रक्तचाप भएमा कुनै लक्षण देखिँदैन, जसकारण यसलाई साइलेन्ट किलरको रूपमा पनि चिनिन्छ । शरीरमा धेरैजसो गम्भीर जटिलतापछि मात्र पनि उच्च रक्तचाप पत्ता लाग्ने हुनसक्छ । तर, कहिले काहीँ मानिसलाई टाउको दुख्दा रक्तचाप बढ्ने हुनसक्छ । टाउको दुखाइ र रक्तचापबीच गहिरो सम्बन्ध छ ।

टाउको दुख्ने एक साधारण समस्या हो जुन लगभग सबैले कम्तिमा एकपटक अनुभव गरेका छन् । तर, लगातार टाउको दुखाइपछाडिको एक कारण उच्च रक्तचाप पनि हुन सक्छ । टाउको दुखाइ उच्च रक्तचापको लक्षणमध्ये एक हो । तर, टाउको दुखाइ जहिले पनि रक्तचाप बढेको कारणले हुँदैन ।

उच्च रक्तचापका व्यक्तिहरूमा क्रेनियमभित्र अचानक दबाव बढ्नाले टाउको दुख्ने हुन्छ । उच्च रक्तचापका कारण टाउको दुखाइ ओसिपिटल क्षेत्र (मष्तिष्कको एक भाग)मा हुने गर्छ । यस प्रकारको दुखाइ भएमा पेनकिलरको सेवनद्वारा राहत पाउन सकिँदैन । यसप्रकारको टाउको दुखाइलाई कम गर्न आफ्नो रक्तचापलाई नै कम गर्न आवश्यक हुन्छ ।

jackson ribon