birat ribon

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

Neuro
प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

काठमाडौँ / नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताए ।

cura insider

हिजैदेखि प्रधानमन्त्री ओलीले जसरी पनि पक्राउ गर्नु भन्ने आदेश दिएको भए पनि आफूहरूले नपक्रन जोडबल गरेको उनले बताए ।

’पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो । हामीले नपक्रन जोड गरेका थियौँ । आज बिहान प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन् । कमरेड रामकुमारी झाँक्री त छुट्नु होला तर यसबाट उनीहरूले के गर्न लागेका छन् भन्ने देखिन्छ,’ प्रचण्डले भने ।

राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले झाँक्रीलाई गलत कानुन प्रयोग गरेर पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए ।

jackson ribon