birat ribon

‘सालाह अफ्रिकाका मेस्सी’

Neuro
‘सालाह अफ्रिकाका मेस्सी’

विराटनगर / जर्मन क्लब बायर्न म्युनिखका अध्यक्ष कार्ल–हेइन्ज रुमेनिजले इजिप्टियन खेलाडी मोहम्मद सालाहलाई बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग तुलना गरेका छन् । हालै एक अन्तर्वार्ताका क्रममा रुमेनिजले सालाह अफ्रिकाका मेस्सी भएको भन्दै दुई खेलाडीबीच तुलना गरेका हुन् ।

सालाहले सन् २०१७ यता इङ्ग्लिस क्लब लिभरपुलबाट खेलिरहेका छन् । उनको राष्ट्र इजिप्टका सुपरस्टार सालाह प्रख्यात खेलाडीमध्ये एक हुन् । उनले जर्गेन क्लोप नेतृत्वको टोली लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका दिलाएका थिए ।

cura insider

‘मेरो विचारमा सालाह अफ्रिकाका मेस्सी हुन् । पक्कै पनि उनमा विश्वकै उत्कृष्ट क्लबका लागि खेल्ने क्षमता छ’, उनले भने, ‘सालाहले जति पनि उपलब्धि बनाएका छन्, त्यो मेस्सीले बार्सिलोनामा र रोनाल्डोले रियल मड्रिडमा बनाएको उपलब्धिसँग तुलना गर्न सकिन्छ ।’

jackson ribon