birat ribon

बार्सिलोनासँगको खेलअघि पिएसजीलाई समस्या : नेयमार पनि घाइते

Neuro
बार्सिलोनासँगको खेलअघि पिएसजीलाई समस्या : नेयमार पनि घाइते

विराटनगर / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेयमार घाइते भएका छन् । बुधबार राति भएको फ्रेन्च कपको खेलका क्रममा ब्राजिलियन स्टार नेयमार घाइते भएका हुन् ।

पिएसजीले गए राति काइनविरुद्ध १–० जित निकालेको थियो । जसमा, मोइसे किनले निर्णायक गोल गरेका थिए । सोही खेलमा नेयमारले चोट बोकेको पिएसजीले जनाएको छ ।

cura insider

पिएसजीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमारले चोट बोकेको जनाए । यससँगै नेयमारले बार्सिलोनासँगको पहिलो लेगको खेल गुमाउने सम्भावना बढेको छ ।

पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत १७ फेब्रुअरीमा बार्सिलोनासँग खेल्दैछ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

यो खेल डी मारियाले पनि गुमाउने पक्का भइसकेको छ । मङ्गलबार पिएसजीले डी मारियाले चोटका कारण बार्सिलोनासँगको पहिलो लेगको खेल गुमाउने जनाएको छ ।

jackson ribon