birat ribon

सङ्क्रमितमा यी लक्षण देखिए तत्काल उपचार आवश्यक

Neuro
सङ्क्रमितमा यी लक्षण देखिए तत्काल उपचार आवश्यक

विराटनगर / विभिन्न मानिसमा कोरोना भाइरसबाट सङ्क्रमण भएपछि भिन्न प्रकारको लक्षण देखापरिरहेको छ । कोरोना भाइरसबाट सङ्क्रमण हुँदा केही लक्षण नदेखिने तथा देखिएका लक्षण हल्कादेखि गम्भीर स्वास्थ्य अवस्थामा जान सक्छन् ।

सामान्य ज्वरो, रुघाखोकी, थकान, शरीरको दुखाइ कोभिड हुँदा देखिने सामान्य लक्षण हुन् । जबकि सङ्क्रमण हुँदा देखिएका प्रारम्भिक र मुख्य लक्षणले सङ्क्रमण भएको पुष्टि गर्न वा परीक्षण गराउनुपर्छ भने सङ्केत दिनसक्छन् ।

cura insider

सामान्य सङ्क्रमण भएका मानिस घरमै आइसोलेसनमा बस्न सक्छन् । तर, कसैलाई गम्भीर समस्या देखिने हँुदा चिकित्सा सहायता लिनुपर्ने हुन्छ । कोभिडका आपतकालीन लक्षणले चिकित्सा सहायता लिनुपर्छ कि पर्दैन भन्ने सङ्केत गर्छ । त्यसैले सङ्क्रमण भएपछि शरीरमा भएको परिवर्तनलाई ध्यान दिएर हेर्नु आवश्यक हुन्छ ।

कोभिडबाट सङ्क्रमित भएकामा निम्न पाँच लक्षण देखिए तत्काल चिकित्सा उपचारका लागि जान जरुरी हुन्छ ।

छातीमा दुखाइ, जागिरहन असमर्थ हुने, सास फेर्न समस्या, नयाँ प्रकारको भ्रम, ओठ वा अनुहारको रङ निलो हुँदै गएमा तुरुन्त चिकित्सककोमा जानु आवश्यक छ । यी आपतकालीन कोभिडका सङ्केत र लक्षण हुन् । साथै, मधुमेह, फोक्सो तथा मुटुसम्बन्धी पहिलादेखि नै समस्य भए डाक्टरलाई जानकारी दिनुपर्छ ।

jackson ribon