birat ribon

उहिले महाराजा, अहिले राष्ट्रपति : गगन थापा

Neuro
उहिले महाराजा, अहिले राष्ट्रपति : गगन थापा

विराटनगर / नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ गरेको घटनालाई नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा उनले सरकारले कर्तव्य निर्वाह गर्न छाडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको लेखेका छन् । उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !’

cura insider

सत्यको पक्षमा बोल्नेको मुख बन्द गर्न खोजेको भन्दै उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको सङ्ख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

jackson ribon