birat ribon

ठगी मुद्दाका फरार पक्राउ

Neuro
ठगी मुद्दाका फरार पक्राउ

विराटनगर / मोरङ प्रहरीले ठगी मुद्दाका फरार मोरङको रंगेली–४ का हिरालाल मण्डललाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतबाट २०६८ मङ्सिर १० गतेको फैसलाले ठगी मुद्दामा ६० हजार जरिवाना र दुई महिना कैद सजाय तोकिएपछि फरार भएका उनलाई बुधबार साँझ विराटनगर–९, ठाकुरी रोडस्थित रामजानकी मन्दिर चोकबाट पक्राउ गरिएको जनाइएको छ ।

cura insider

पक्राउ परेका मण्डललाई जिल्ला अदालत मोरङमा बुझाउने तयारी भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

jackson ribon