birat ribon

नेकपा नेतृ झाँक्रीको घर अगाडी प्रधानमन्त्री विरुद्ध नारावाजी

Neuro
नेकपा नेतृ झाँक्रीको घर अगाडी प्रधानमन्त्री विरुद्ध नारावाजी

विराटनगर । प्रहरीले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरेपछि नेकपा कार्यकर्ताले प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरेका छन् ।

बुधबार दिउँसो झाँक्रीको घर अगाडी प्रधानमन्त्री ओली विरुद्ध नराबाजी गरेका हुन् ।

cura insider

राष्ट्रपति भण्डारी विरूद्ध बाेल्दै आएकी नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनी प्रहरी कार्यालय गइनन् । बोलाउँदा नआएपछि पक्राउ गर्ने लागिएको महाशाखाले जनाएको छ ।

पक्राउ गर्न लागेको सूचना पाए लगतै कार्यकर्ता झाँक्रीको घरमा पुगेका थिए । झाँक्रीको समर्थकहरुले रामकुमारी झाँक्री हाइहाई केपी, विद्या बाईबाई भन्दै नाराबाजी गरिरहेका छन् ।

यता रामकुमारी झाँक्रीले राजनीतिक मुद्दामा अभिव्यक्ति दिएका कारण पक्राउ गर्ने भए पूर्जी लिएर आउन आग्रह गरेकी छन् ।

jackson ribon