birat ribon

राष्ट्रपतिविरुद्ध बोलेपछि नेकपा नेत्री झाँक्रीलाई प्रहरीले बोलायो, आफैँ नगए पक्राउ गर्ने तयारी

Neuro
राष्ट्रपतिविरुद्ध बोलेपछि नेकपा नेत्री झाँक्रीलाई प्रहरीले बोलायो, आफैँ नगए पक्राउ गर्ने तयारी

विराटनगर / प्रहरीले नेकपा प्रचण्ड–माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्थाको गरिमा राख्न नसकेको भन्दै अभिव्यक्ति दिँदै आएकी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।

नेत्री झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाएको थियो । तर उनी प्रहरी कार्यालय गइनन् । बोलाउँदा नआएपछि पक्राउ गर्न लागिएको महाशाखाले जनाएको छ ।

cura insider

झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई दबाब दिँदै आएको छ । झाँक्रीले राष्ट्रपतिको मर्यादामा आँच पुर्‍याएको सरकार पक्षको आरोप छ ।

यसअघि ओली पक्षको अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो ।

jackson ribon