birat ribon

‘सत्यम्’को भर्चुअल अडिसन सुरु

Neuro
‘सत्यम्’को भर्चुअल अडिसन सुरु

विराटनगर / शङ्कर कार्कीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ले भर्चुअल अडिसन आह्वान गरेको छ ।

यसअघि फिल्मको काठमाडौँ र पोखरामा अडिसन भइसकेको छ, जसमा कूल पाँच सय २३ जनाले सहभागिता जनाएका थिए । अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ ।

cura insider

भर्चुअल अडिसनमा सहभागी हुन चाहनेले दुई मिनेटको आफ्नो अभिनय अथवा नृत्यकलाको भिडियो फेब्रअरी २१ सम्म ह्वाट्सएप नम्बर +9779856030308, +9779851009802 अथवा ईमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ ।

यसको नतिजा एक महिनाभित्र आउने र भर्चुअल अडिसनबाट छनोट भएपछि लुक्स टेस्ट र अन्तर्वार्ता हुने निर्देशक कार्कीले बताए ।

रेशम सापकोटाको कथा तथा निर्माण रहने फिल्मको छायाङ्कन चैत्रबाट सुरु गरिनेछ । यही फिल्मबाट महानायकले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । फिल्ममा अभिनेताद्वय राजेश हमाल र अनुपविक्रम शाही फाइनल भइसकेका छन् भने भर्खरैमात्र फिल्ममा अभिनेता पल शाहको पनि प्रवेश भएको छ ।

jackson ribon