birat ribon

अव्यवस्थित नहरका कारण डुबान, ७० बिघामा लगाइएको खेती नष्ट

Neuro
अव्यवस्थित नहरका कारण डुबान, ७० बिघामा लगाइएको खेती नष्ट

मोहन ढकाल विराटनगर / मोरङको जहदामा नहरको उचित व्यवस्था नहुँदा कृषक मर्कामा परेका छन् । हिँउदको समयमा समेत खेतमा लगाएको मकै, गँहु, तरकारीलगायतका बाली डुबानमा परेपछि बोटै कुहिएर खेर गएको छ ।

सिँचाइको सुविधा पर्याप्त नभए पनि नहर जीर्ण भएकाले पानी छाडेका बेला डुबानमा पर्ने गरेको कृषकको भनाइ छ । कृषकका अनुसार आवश्यक परेको समयमा पानी नआए पनि अनावश्यक बेलामा थाहा नै नपाई नहरमा पानी आउने गरेको छ ।

cura insider

लकडाउनका समयमा तरकारी नबिकेपछि लाखौँको घाटा व्यहोरेका कृषककले पछिल्लो समय अव्यवस्थित नहरका कारण लगाएको बाली नष्ट हुँदा लाखौँको घाटा व्यहोर्न बाध्य भएका छन् । गत वर्ष मकैको मूल्य कम भएर समस्यामा परेका कृषक यसपटक डुबानमा परेर बोट नै नष्ट भएपछि मारमा परेका छन् ।

जम्रुद्धिन अन्सारीले गत वर्ष एक सय १३ मन मकै उत्पादन गरेका थिए । उनले आधा दाममा भए पनि मकै बेचेका थिए । तर यसपटक उनले १२ कट्ठामा लगाएको सबै मकै डुबानमा प¥यो । अन्सारी भन्छन्, ‘खेतमा लगाएको सबै मकैको बोट नै पानीमा डुबेपछि खेर गएको छ ।’ उनले निराश हुँदै भने गत वर्ष पनि घाटा भयो, यसपटक त झन् मिहिनेत पनि खेर गयो ।

अर्का कृषक सैफल अन्सारीको पीडा पनि उस्तै छ । लकडाउनका कारण तरकारीबाट घाटा व्यहोरेका उनले पहिलाको घाटा उकास्ने सोच बनाएका थिए । तर विडम्बना यसपटक पनि बिरुवामै डुबान भएपछि उनको सपना साकार हुन सकेन् । उनले भने, ‘आवश्यकता नै नभएको बेला नहरबाट पानी आउँछ, आवश्यक परेको बेलामा आउँदैन ।’

कृषकले सधैँ विभिन्न समस्या झेलिरहनुपरेको जहदा–५ का कृषक शिवचन्द्र सिंहले बताए । कहिले डुबान, कहिले सुख्खा र कहिले मलखादको अभावजस्ता समस्या किसानले भोगिरहनुपरेको उनको गुनासो छ । गत वर्ष आफूले तरकारी र मकै बालीबाट चार लाखभन्दा बढी घाटा व्यहोरको उनले बताए ।

अहिले हिउँदमा समेत नहरको समस्याका कारण सबैको गरेर लगभग ६०÷७० बिघा क्षेत्रफलमा लगाएको मकै, गँहु र तरकारी डुबानमा परेर नष्ट भएको सिंहले बताए । गत वर्ष लगाएको तरकारी र मकै कुहिएर खेर गएको भन्दै उनले भने, ‘किस्तामा लिएको पैसामेत तिर्न नसकेर पुनः ऋण गरेर तिर्नुपर्ने अवस्था आयो ।’ उनले गत वर्षको तुलनामा तरकारी खेतीसमेत कम गरेको बताए ।

गाउँपालिकाले कृषकका लागि विभिन्न काम गर्ने बताए पनि बोलीमा मात्रै सीमित हुनेगरेको कृषकहरूको गुनासो छ ।

jackson ribon