birat ribon

‘लाइगर’ प्रदर्शन मिति सार्वजनिक

Neuro
‘लाइगर’ प्रदर्शन मिति सार्वजनिक

विराटनगर / पुरी जगन्नाथको निर्देशन रहने फिल्म ‘लाइगर’ को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

निर्माण टिमले फिल्मको नयाँ पोस्टर जारी गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘लाइगर’लाई सिंह र बाघको समिश्रणको रुप भनेर चिनिन्छ ।

cura insider

फिल्ममा विजय देवरकोन्डासँगै अनन्या पाण्डे, राम्या कृष्ण, रोनित रोय र विशु रेड्डीलगायत कलाकारको अभिनय रहनेछ । धर्मा प्रोडक्सन र पुरी कनेक्टस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा करण जोहर, अपूर्व मेहता, यश जोहर र चार्मी कौरको लगानी छ ।

‘लाइगर’ एक प्यान इन्डियन फिल्म हो । यो फिल्म ९ सेप्टेम्बर २०२१ मा हिन्दीसहित पाँच भाषामा रिलिज हुनेछ ।

jackson ribon