birat ribon

केन्द्रीय कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

Neuro
केन्द्रीय कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

काठमाडौँ / केन्द्रीय कारागारका दुई हजार सात सय तीनजना कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत पहिलो चरणको कोरोना खोप प्रदान गरेको हो ।

केन्द्रीय कारागारका सूचना अधिकारी रविनकुमार राईले तीन हजार तीन सय ३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार सात सय तीनजना कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए । ‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र बिरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ,’ राईले भने ।

cura insider

मुलुककै पुरानो कारागारमा देशभरका अरू कारागारको तुलनामा धेरै कैदीबन्दी छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए । रासस

jackson ribon