birat ribon

माधवनारायणका व्रतालुलाई आज पशुपति दर्शन गराइँदै

Neuro
माधवनारायणका व्रतालुलाई आज पशुपति दर्शन गराइँदै

विराटनगर / माधवनारायण व्रत गरेका व्रतालुलाई आज (बिहीबार) पशुपति नाथ मन्दिरको दर्शन गराइँदै छ ।

पशुपति क्षेत्र विकास कोषले उनीहरुलाई मन्दिर दर्शन गराउने भएको हो । मन्दिर दर्शनका बेला पशुपति आर्यघाट क्षेत्रमा मृत शरीर (शव) जलाइने छैन । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि माघकृष्ण चतुर्दशीका दिन बुधबारसाँझ ७ बजेतिर पशुपति आइपुगेका हुन् ।

cura insider

आज औंसी परेका कारण उनीहरुलाई मन्दि दर्शन गराउन लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालको भनाइ छ । उनका अनुसार माधवनारायण व्रतालु पशुपति आएका बेला आर्यघाटमा शव जलाउन नदिने पुरानै प्रचलन हो । उनीहरु पशुपति आएपछि नफर्किएसम्म शव जलाउन रोक्ने गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाउन दिने गरिएको ढकालले बताए ।

व्रतालुले आज बिहान १० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाउने छन् । माघ कृष्ण औंसी अर्थात आजैका दिन व्रतालुले बिहान पशुपतिस्थित आर्यघाटमा स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने गरिन्छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने परम्परा छ । माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।

सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औंसीको राति बास बस्ने गरिन्छ । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुन्जेल राजाले दर्शन गर्ने गरेकामा हाल कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।

माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गर्ने पुरानै प्रचलन हो । पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शंखमूल क्षेत्रमा गर्ने ढकालले बताए । माघशुक्ल प्रतिपदाको राति शंखमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ ।

विगत वर्षमा करिब चार सयले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । जसमा महिला ३५ र पुरुष १४ छन् ।

jackson ribon