birat ribon

म्यान्मारमाथि अमेरिकी प्रतिबन्ध

Neuro
म्यान्मारमाथि अमेरिकी प्रतिबन्ध

विराटनगर / सैन्य ‘कू’ गरेर राज्य सत्ता आफ्नो हातमा लिएको म्यान्मारका सैनिक अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकाले सैन्य ‘कू’को विरोध गर्दै म्यान्मारमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य ‘कू’को चर्को आलोचना र विरोध गर्दै तत्काल सत्ता छाड्न म्यान्मारको सैनिक नेतृत्वलाई आग्रह गरेर प्रतिबन्धको घोषणा गरेका छन् ।

cura insider

बाइडेनले तत्काल सत्ता नछाडेमा प्रतिबन्धसहित म्यान्मारको सेनामाथि थप कारबाही अघि बढाउने चेतावनी पनि दिएका हुन् । बाइडेनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु । जो ‘कू’ गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडेनको भनाइ छ ।

उनका अनुसार प्रतिबन्धसँगै अमेरिकाले म्यान्मारविरुद्ध निर्यात नियन्त्रण लागू गर्ने छ । आवश्यक परेमा प्रतिबन्ध सम्बन्धी थप निर्णय लिइने उनले उल्लेख गरेका छन् । बाइडेनले म्यान्मारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने चेतावनी पनि दिएका छन् ।

म्यान्मारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर एवं प्रजातन्त्रवादी नेतृ आङ साङ सुची लगायतका नेताहरुलाई नजरबन्दमा राख्दै सत्ता हत्याएको एक साता बितेको छ । यस घटनाको चौतर्फी विरोध भइरहे पनि म्यान्मारको सेनाले सत्ता फिर्ता गर्ने सम्भावना देखिएको छैन । विश्वका थुप्रै मुलुकले विरोध गरे पनि म्यान्मारी सेना अहिलेसम्म सत्ता फिर्ता गर्न सकारात्मक देखिएको छैन ।

अमेरिकी राष्ट्रपति बाइडेनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यान्मारको सेनालाई आग्रह गरेका छन् । नत्र थप कारबाहीको सामनाका लागि तयारी रहन उनको चेतावनी छ ।

jackson ribon