birat ribon

पूर्वसहमहामन्त्री जोशीको कारबाही फिर्ता गर्ने कांग्रेसको तयारी

Neuro
पूर्वसहमहामन्त्री जोशीको कारबाही फिर्ता गर्ने कांग्रेसको तयारी

विराटनगर / पार्टीका नेता एवं पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ताको तयारी कांग्रेसले गरेको छ ।

जोशीमाथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत प्रतिनिधिसभा निर्वाचनमा हराएको आरोप छ । त्यही आरोपमा कांग्रेसले उनीमाथि कारबाही गरेको थियो । तर कारबाही फिर्ता गर्न कांग्रेसको केन्द्रीय समितिमा निवेदन परेपछि त्यसको तयारीमा केन्द्रीय समिति जुटेको हो।

cura insider

तनहुँका कार्यकर्ताहरुले पूर्वसहमहामन्त्री जोशीमाथि गरिएको कारबाही फिर्ता लिन भन्दै जिल्लालाई पत्र लेखेका थिए । सोही पत्र जिल्लाले केन्द्रमा पठाएको हो । २०७४ सालको निर्वाचनमा पौडेलकाविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

गत निर्वाचनमा जोशीले पौडेलसँग असन्तुष्ट रहेर आफ्नो उम्मेदवारी दिएका थिए । तर, पौडेलले दावी विरोध जनाएपछि उनको उम्मेदवारी रद्द भएको थियो । त्यहाँ पौडेललाई तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानले पराजित गरेका थिए । पछि जोशीले एमाले उम्मेदवारलाई सघाएर पौडेललाई हराएको आरोप लागेको थियो ।

jackson ribon