birat ribon

कोपा डेर रे : सेमिफाइनलमा बार्सिलोनाको हार

Neuro
कोपा डेर रे : सेमिफाइनलमा बार्सिलोनाको हार

विराटनगर । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको पहिलो लेगमा सेभियासँग २–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभियाका लागि जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे ।

cura insider

पहिलो हाफको २५ औं मिनेटमा जुलेसले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको सेभियाका लागि खेलको ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै जित सुनिश्चित गरे ।

बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

jackson ribon