birat ribon

नेपालमा कोरोनाविरुद्धको खोप प्रभावकारी

Neuro
नेपालमा कोरोनाविरुद्धको खोप प्रभावकारी

विराटनगर / नेपालमा कोरोना भाइरसविरुद्ध दिइएको खोप बढी प्रभावकारी देखिएको छ । नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा खोपको फाइदा बढी देखिएको हो ।

खोप नेपालमा प्रभावकारी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले त्यसको प्रयोग बढाउन सुझाव दिएको छ । डब्ल्यूएचओका विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको खोप नेपालमा बढी प्रभावकारी देखिएकोभन्दै त्यसलाई बढाउन सिफारिस गरेका हुन् ।

cura insider

जुन खोप अहिले नेपालमा पनि लगाउने क्रम जारी छ। स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ– डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ।’
बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन्।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ। धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ। अक्सफोर्डको खोप ६५ वर्षभन्दामाथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ।

विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखिएको बताएको छ। तर पनि कोरोनाको नयाँ स्वरूप फैलिएको दक्षिण अफ्रिकामा पनि यो खोप लगाउन सिफारिस गरेको छ।

jackson ribon