birat ribon

दाहाल–नेपाल समूहको तीन सन्देश

Neuro
दाहाल–नेपाल समूहको तीन सन्देश

विराटनगर / नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन पटक शक्ति प्रदर्शन गर्‍यो। त्यसमध्येको पछिल्लो हो, बुधबार काठमाडौंमा गरेको बृहत् विरोध प्रदर्शन।

यसअघि पुस १४ र माघ ९ गते शक्ति प्रदर्शन गरिसकेको दाहाल–नेपाल समूहले बुधबार देशभरबाट हजारौं नेता कार्यकर्ता काठमाडौंमा जम्मा पारेर विरोध सभामार्फत तीन सन्देशसमेत दिए। पहिलो, निर्वाचन आयोगलाई बहुमत पक्षलाई वैधानिकता देऊ । दोस्रो, सर्वोच्च अदालतलाई प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला दिन ढिलाइ नगर। अनि, तेस्रो सन्देश, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका अन्य दललाई संयुक्त आन्दोलनमा आउन आह्वान।

cura insider

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने निर्णय लिएपछि नेकपा विभाजित छ। अध्यक्ष दाहाल र नेपाल पक्षले ओलीको कदमलाई प्रतिगमनकारी भन्दै चरणबद्ध सडक संघर्ष गरिरहेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। नेकपाको आधिकारिकता सम्बन्धी विवाद भने निर्वाचन आयोगमा विचाराधीन छ। कांग्र्रेस, जसपालगायतका दलले दाहाल—नेपाल नेतृत्वको नेकपासँग मिलेर संयुक्त आन्दोलन गरिरहेका छैनन्।

प्रधानमन्त्री ओली पक्षले २३ माघमा काठमाडौंकै नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको जनसभादेखि निर्वाचन आयोगमा पुगेर गरेको तर्कसम्मलाई दाहाल—नेपाल समूहले आयोजना गरेको विरोधसभाका वक्ताहरूले चर्को कटाक्ष र टिप्पणी गरे। अध्यक्ष पुष्पकमल दाहालले सभामा उपस्थित जनमास देखाउँदै सर्वोच्च अदालतलाई ढिलो नगरी निर्णय लिन आग्रह गरे। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon