birat ribon

ललिता निवास प्रकरण : ढकाललाई थुन्न विशेष अदालतको आदेश

Neuro
ललिता निवास प्रकरण : ढकाललाई थुन्न विशेष अदालतको आदेश

विराटनगर / बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुना राख्न आदेश दिएको छ।

ढकाललाई न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुन्न आदेश दिएको हो। २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवासको दुई सय ९९ रोपनीमध्ये एक सय ३६ रोपनी जग्गा व्यक्तिको नाम गराउन बिचौलियाको भूमिकामा रहेका ढकालविरुद्ध अख्तियारले ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो।

cura insider

ढकालले ललिताको निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाम कायम गराउन मूख्य भूमिका निर्वाह गरेका थिए। ढकाल र रामकुमार सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको छानबिन समितिले भूमाफिया भनेर किटान गरेर कारबाहीका लागि सिफारिस गरेको थियो।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन्। उनीसँग अख्तियारले ९१ लाखभन्दा बढी बिगो मागदाबी गरेको थियो । ललिता निवास प्रकरणमै अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई थुनामा राख्न अदालतले यसअघि नै आदेश दिएको छ। व्यापारी मीनबहादुर गुरुङलाई भने धरौटीमा रिहा गरेको छ।

अख्तियारले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीगरी तीन मन्त्री, ६ विशिष्ट श्रेणीका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतमा यो मुद्दा चलिरहेको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon