birat ribon

सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै दिवा खाजाको व्यवस्था

Neuro
सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै दिवा खाजाको व्यवस्था

विराटनगर / सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अब विद्यालयमै दिवा खाजको व्यवस्था गरिएको छ ।

विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरु गरिएको हो । कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु गरिएको हो । योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् ।

cura insider

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएसँगै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिए । यसका लागि आवश्यक पर्ने बजेट स्थानीय तहमार्फत उपलब्ध गराइएको छ । केन्द्रका अनुसार एक विद्यार्थीलाई बढीमा एक ८० दिनका लागि खाजा रकम उपलब्ध गराइनेछ ।

कोरोना प्रभावका कारण विद्यालय पुनः सञ्चालनमा आउन बाँकी रहेका बाहेक अन्य विद्यालयमा विद्यालय खाजाको समस्या नहुने जनाइएको छ । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत मोतीराज खनालले काठमाडौँ महानगरपालिका मातहतका सार्वजनिक विद्यालय माघ ११ बाट मात्र सञ्चालनमा आएका कारण धेरै विद्यालयमा भर्खरै मात्र दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिए । यसका लागि विद्यालयले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपैयाँ खर्च गरी रकम निकासाको माग गरेपछि विद्यालयको खातामा पठाइनेछ ।

कर्णालीका विद्यार्थीले भने प्रतिदिन २० रुपैयाँ पाउनेछन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले भौतिक रूपमा विद्यालय खुले लगत्तै दिवा खाजा कार्यक्रम सुरु हुनु सकारात्मक भएको उल्लेख गरे । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon