birat ribon

अब आन्दोलनको नेतृत्व कांग्रेसले गर्ने

Neuro
अब आन्दोलनको नेतृत्व कांग्रेसले गर्ने

विराटनगर / प्रतिनिधि सभा (संसद) विघटनविरुद्ध भइरहेको आन्दोलनको नेतृत्व अब कांग्रेसले लिने भएको छ ।

लोकतन्त्र र संविधान रक्षाका लागि हुने सबै आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको हो । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो ।

cura insider

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए । ‘संविधानको रक्षाका लागि २०४६ र २०६२।६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । कांग्रेस नेता गोपालमान श्रेष्ठले मुलुकको अवस्थाअनुसार परिआए कांग्रेस संयुक्त आन्दोलनमा जाने बताए । ‘

बुधबारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरर नबस्न आग्रह गरेका थिए ।

‘गिरिजाबाबले नेतृत्व गर्नुभएको कांग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधानसभामा सुशील कोइरालाले नेतृत्व लिनुभयो संविधान आयो, गणतन्त्र र संघीयता पनि कांग्रेसकै नेतृत्वमा आयो । त्यसबेला कांग्रेसका सभापति शेरबहादुर देउवाजी पनि कही न कही हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा भ्रममा परेर कांग्रेस बस्न मिल्छ ? कांग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौं, कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै दाहालले भनेका थिए ।

विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलेसमेत कांंग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon