birat ribon

सरकारतर्फको बहस अन्तिम चरणमा

Neuro
सरकारतर्फको बहस अन्तिम चरणमा

विराटनगर / प्रतिनिधि सभा (संसद) विघटनविरुद्धको रिटमा सरकारका तर्फबाट जारी रहेको बहस करिब अन्तिम चरणमा पुगेको छ ।

समयसीमामा कडाइ गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुधबार १६ जना कानुन व्यवसायीले बहस सकेका छन् । सोही हाराहारीमा प्रधानमन्त्री ओलीतर्फबाट कानुन व्यवसायीले बहसमा नाम मात्र लेखाएका छन् । संसद विघटन सम्बन्धी मुद्दामा सरकारलाई विपक्षी बनाइएको छ ।

cura insider

बिहीबार एक घण्टामा बाँकी कानुन व्यवसायीले पनि बहस सक्ने प्रतिबद्धता इजलाससमक्ष गरेका छन् । प्रधानमन्त्रीतर्फको बहस सकिएपछि बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीले बहस प्रारम्भ गर्नेछन् ।

बुधबार खाजा समयपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजै बहस सकिन्छ कि सकिन्न भन्ने जिज्ञासा ओली पक्षका कानुन व्यवसायीलाई राखेका थिए । सो पक्षबाट अधिवक्ता रमेश बडालले बिहीबार एक घण्टा पाएमा आफ्नोतर्फको बहस सकिने जवाफ दिए ।

बिहीबार प्रधानमन्त्रीतर्फबाट अधिवक्ता बाबुराम दाहाललगायतले बहसको समापन गर्ने तयारी छ । प्रधानमन्त्रीतर्फको बहस सकिएपछि सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदीलगायतले बहस गर्ने छन् ।

सभामुखका कानुन व्यवसायीको बहसपछि एमिकसका तर्फबाट इजलासलाई विघटनको मुद्दामा राय दिन बहस हुनेछ । नेपाल बार एसोसिएसनबाट सिफारिसमा परेका वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेलले बहस गर्ने छन् । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिसमा परेका वरिष्ठ अधिवक्ताद्वय गीता पाठक सङ्ग्रौला र पूर्णमान शाक्यले बहस गर्ने छन् ।

बुधबार प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले प्रतिनिधि सभा पुनस्र्थापना भएमा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने बताए । न्यौपानेले पुनस्र्थापनापछि प्रधानमन्त्रीले अधिवेशन आह्वानका लागि सिफारिस नगरे के हुन्छ भन्ने प्रश्न इजलासमा गरे । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon