birat ribon

सिर्जना फाइनान्स र सिटीजन्स बैंक मर्ज हुँदै

Neuro
सिर्जना फाइनान्स र सिटीजन्स बैंक मर्ज हुँदै

विराटनगर / विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेड र सिटीजन्स बैंक मर्ज हुने भएका छन् ।

Padelux insider
cura insider

विराटनगरमा बुधबार आयोजित एक कार्यक्रममा दुवै वित्तिय संस्थाबीच एकअर्कामा गाभिने सहमति भएको हो । कार्यक्रमपछि सिर्जना फाइनान्सका अध्यक्ष सुयेश प्याकुरेलले आउँदो तीन महिनाभित्र गाभिने प्रक्रिया पूरा गरे सिटिजन्स बंैकमा रुपान्तरण हुने जानकारी दिए । उनले कर्मचारी समायोजनका हकमा यथावत स्थानमा रहने गरी सहमति भएको बताए ।

फाइनान्सको हालसम्म २१ वटा शाखा रहेका छन् । ति शाखामा कार्यरत कर्मचारी यथास्थानमा नै कार्यरत रहने उनको भनाइ छ ।

केही वर्षअघि फाइनान्स र सनराइज बैंकबीच गाभिने कुरा रहेको थियो । तर, प्राविधीक कारण सो बैंकसँग गाभिने प्रक्रिया पूरा हुननसकेको फाइनान्सले जनाएको छ । २०५७ सालमा लाहानमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको फाइनान्स २०६६ सालमा विराटनगरमा स्थानान्तरण भएको हो ।

jackson ribon