birat ribon

अमेरिकापछि ब्राजिलमा सङ्क्रमित धेरै

Neuro
अमेरिकापछि ब्राजिलमा सङ्क्रमित धेरै

विराटनगर / अमेरिकापछि ब्राजिलमा दैनिक भेटिने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । मृत्यु हुने सङ्क्रमित सङ्ख्या पनि अमेरिकापछि ब्राजिलमै बढी छ ।

अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । अमेरिकामा अरु मुलुकभन्दा दैनिक धेरै सङ्क्रमित भेटिने गरेका छन् । कोरोनाबाट प्रभावितमध्ये ब्राजिल विश्वकै तेस्रो नम्बरमा छ । छिमेकी मुलुक भारत दोस्रो नम्बरमा छ । तर अमेरिकापछि भारतभन्दा ब्राजिलमा सङ्क्रमण र दैनिक मृत्यु हुने दर उच्च छ ।

cura insider

अमेरिकामा पछिल्लो २४ घण्टामा ८७ हजार चार सय १० जना नयाँ कोरोना सङ्क्रमित भेटिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ७८ लाख ८७ हजार आठ सय १८ पुगेको छ । एकै दिन अमेरिकामा दुई हजार आठ सय ९७ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्ख्या चार लाख ८२ हजार छ सय ६५ पुगेको छ ।

अमेरिकामा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ७७ लाख ९३ हजार छ सय २२ जनाको उपचार सम्भव भएको छ । उपचारपछि निको भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । अमेरिकामा ९६ लाख ११ हजार पाँच सय ३१ सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये २१ हजार तीन सय ६६ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकापछि दैनिक रुपमा कोरोना सङ्क्रमित बढी भेटिइरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ५७ हजार एक सय ३३ नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ९६लाख ५९ हजार एक सय ६७ पुगेको छ । एकै दिन एक हजार दुई सय ६२ जनाको मृत्यु भयो । हालसम्म दुई लाख ३४ हजार आठ सय ५० सङ्क्रमितको ज्यान गइसकेको छ ।

ब्राजिलमा सङ्क्रमण पुष्टि भएकामध्ये ८५ लाख ९६ हजार एक सय ३० जना उपचारपछि घर फर्किएका छन् । आठ लाख २८ हजार एक सय ८७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भइरहेको छ । भारतमा एकै दिन १२ हजार सात सय ६० नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ७१ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५५ हजार तीन सय ९९ पुगेको छ ।

भारतमा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड पाँच लाख ७१ हजार छ सय २९ जना उपचारपछि निको भएका छन् । एक लाख ४४ हजार ३२ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा पछिल्लो २४ घण्टामा चार लाख १३ हजार ७१ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या १० करोड ७८ लाख ११ हजार पाँच सय ९४ पुगेको छ । एकै दिन १३ हजार ७७ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्ख्या २३ लाख ६२ हजार पाँच सय १८ पुगेको छ ।

सङ्क्रमितमध्ये सात करोड ९९ लाख ४३ हजार पाँच सय २८ जनाको उपचार सफल भएको छ । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएर सामान्य जीवनयापन गर्नसक्ने अवस्थामा पुगेको छ । दुई करोड ५५ लाख पाँच हजार पाँच सय ४८ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख एक हजार नौ सय २४ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटर्सले जनाएको छ ।

jackson ribon