birat ribon

भाइले बोकेको बन्दुक पड्किँदा दाइको मृत्यु

Neuro
भाइले बोकेको  बन्दुक पड्किँदा दाइको मृत्यु

देउखुरी / दाङमा भाइले बोकेको बन्दुक पड्किँदा दाइको मृत्यु भएको छ । सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा गढवा गाउँपलिका–२ तिरतिरे डाँडाका ४० वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको हो ।

जङ्गलमा सिकार खेल्नेक्रममा २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाइ इन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

cura insider

इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरी टोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । रासस

jackson ribon