birat ribon

पिसिआर जाँच शुल्क एक हजार मात्रै

Neuro
पिसिआर जाँच शुल्क एक हजार मात्रै

काठमाडौं । सरकारले पिसिआर जाँचको शुल्क घटाएको छ । कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क घटाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार लाग्ने बताए ।

cura insider

यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो ।

अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितबाट निधन भएका छन् । रासस

jackson ribon