birat ribon

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Neuro
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

विराटनगर । बुधबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य वृद्धि गरेको हो ।

पेट्रोल, डिजेलर मट्टितेलमा प्रति लिटर २÷२ रुपैयाँ बढेको छ । खाना पकाउने ग्यासको मुल्य २५ रुपैयाँ बढेको छ । योसँगै पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

cura insider

एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

jackson ribon