birat ribon

बालुवाटार जग्गा प्रकरण : श्रीमान पुर्पक्षका लागि थुनामा, श्रीमती धरौटीमा

Neuro
बालुवाटार जग्गा प्रकरण : श्रीमान पुर्पक्षका लागि थुनामा, श्रीमती धरौटीमा

विराटनगर । विशेष अदालतले बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तीको नाममा सार्ने गिरोहका मुख्य अभियुक्त मानिएका डाक्टर शोभाकान्त ढकाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । उनकी श्रीमती उमाकुमारीलाई भने धरौटीमा छाड्ने आदेश भएको छ । उनीसँग ९१ लाख धरौटी माग गरिएको छ ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

cura insider

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

लामो समयदेखि फरार रहेका ढकाल बुधबार विशेष अदालतमा हाजिर भएका थिए । उनी ललिता निवासको जग्गा व्यक्तिको नाममा फिर्ता गर्ने प्रक्रियामा प्रारम्भदेखि नै संलग्न रहेको आरोप छ ।

jackson ribon