birat ribon

रङ्गेली अस्पताललाई ५० शय्याको बनाइने

Neuro
रङ्गेली अस्पताललाई ५० शय्याको बनाइने

विराटनगर । प्रदेश १ सरकारले जिल्ला अस्पताल रङ्गेलीलाई ५० शय्याको बनाउने निर्णय गरेको छ । स्थानीय सरकार मातहत रहेको जिल्ला अस्पताल रङ्गेली १५ शय्याको मात्रै छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको हो ।

प्रदेश १ सरकारका प्रवक्ता, सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जिल्लास्तरको अस्पताललाई स्तरोन्नति गरी प्रदेशमातहत ल्याउने निर्णय भएको बताए ।

cura insider

स्थानीय तहमातहत रहेको अस्पताललाई प्रदेशमातहत ल्याउन सङ्घीय सरकारको अनुमति आवश्यक पर्छ ।

अनुमतिका लागि सङ्घीय सरकारलाई प्रदेश र स्थानीय तहले पत्र पठाउने उनले बताए । सङ्घीय सरकारले अनुमति दिएपछि प्रदेश सरकारले स्तरउन्नतिकाे प्रक्रिया सुरु गर्नेछ ।

jackson ribon